दशै, दैलेख शान्ति सुरक्षा र समस्या

       दशै नजिकीदै गर्दा जिल्ला प्रहरी कार्यालय दैलेख र मातहतका प्रहरी यूनिटहरुका लागि गाउँ गाउँमा शान्ति सुरक्षा प्रदान गर्न नयाँ रणनीति ल्याएको छ । रणनीति निकै राम्रो र फाईदाजनक देखिन्छ । दैलेख बिशेष गरेर चाडपर्वमा निकै रमाईलो गर्ने जिल्लाको रुपमा पनि परिचित जिल्ला हो ।
दशैको केही समयदेखि सुरु भएको रमाईलो तिहार सम्म चलिरहन्छ । रमाईलो सँगै मापसे लगायतका समस्याहरु पनि जिल्लामा आउने गर्दछन् । यसका लागि प्रहरीले अपनाएको रणनीतिले समाजमा शान्ति सुरक्षा प्रदान गर्न सहयोगी बन्ने देखिएको छ ।
जिल्लामा बिगतका बर्षहरुसँगै हालका बर्षहरुमा पनि त्यती धेरै ठूला समस्याहरु देखिएका छैनन् । बिशेष गरेर रमाईलोको रुपमा जुवातास खेल्ने देखि लाखौं रकम सम्मको जुवातास पनि जिल्लामा चल्ने गर्दछ । यसले समाज वा अर्को वर्गलाई कतिको फाईदा वा घाटा हुने हो त्यो गर्भभित्रको कुरा हो तर कानुन बिपरितका यस्ता कार्यहरु जताततै हुने गर्दछन् । गैर कानुनी कुरालाई बैद्यता दिनुपर्ने भन्दै चर्को माग पनि जिल्लामा बेला बेलामा हुने गर्दछ । यसका लागि सबै जिम्मेवार निकायहरुले गम्भिर सोच राख्नुपर्ने देखिन्छ ।
प्रहरीले यस्ता गतिविधिहरुमा संलग्न जो सुकैलाई पनि कार्वाही गर्ने चेतावनी दिएको बेला नागरिकहरुले पनि यस्ता गतिविधिहरुलाई सकभर कम गरेर सामाजिक सद्भाव बिग्रनबाट जोगाउनुपर्ने देखिन्छ । जिल्लाका बिभिन्न दुर्गम स्थानहरुमा हुने यस्ता गविधिहरुको न्यूनिकरण गर्न नागरिकहरुले प्रहरीसँग हातेमालो गरेर अगाडी बढेको खण्डमा मात्र जिल्लाभरको शान्ति सुरक्षामा सहजता आउने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार